आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024 Search
FLASH NEWS

वामदेव गौतम बालुवाटारमा : प्रधानमन्‍त्री ओलीसँग पार्टी एकताको विषयमा छलफल

    प्रकाशित २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ । पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा कुनै समूहमा नलागी एकता अभियानमा लागेका गौतम सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि एकताको पहलमा थप सक्रिय छन्। ।

प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पनस्र्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले पार्टी एकतामा जोड दिएका हुन् । नेकपा प्रचण्ड–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेसको साथ लिएर सत्ता गठबन्धन गर्ने तयारी गरिराखेको छ । प्रधानमन्त्री ओलीलेसमेत प्रचण्ड–नेपाल समूहलाई पाखा लगाएर सत्ता गठबन्धनका लागि कांग्रेससँग छलफल अगाडि बढाएका छन् ।

कांग्रेसले भने नेकपा पार्टी विभाजन भइनसकेको अवस्थामा कुनै समूहलाई समर्थन गर्ने अवस्था नरहेको बताएको छ ।

Write your Comment