आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो

    प्रकाशित २०८० मंसिर २९, शुक्रबार (१ साल अघि)


काठमाडौं।नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा समेत मूल्य समयोजन गरेको निगमले बतायो ।

Write your Comment