आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा नमुना उद्यमी महिला समुहको भवन उदघाटन

    प्रकाशित २०८० श्रावण २५, बिहिबार (११ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा रहेको नमुना उद्यमी महिला समुहको भवन उदघाटन गरिएको छ। फरेष्ट एक्सन नेपाल र नमुना महिला सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा निर्माण गरिएको भवनको बिहीबार देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले उदघाटन गर्नुभएको हो।


भवन उदघाटन कार्यक्रममा बोल्दै नगर उप प्रमुख तिवारीले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि देवचुली नगरपालिकामा गैरसरकारी संस्थाहरुको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै वन संरक्षण गर्दै आय आर्जनको कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।देवचुलीका २ वटा सामुदायिक वन अन्तर्गत वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजना संचालन भएको र उक्त परियोजनामा रहेका उद्यम महिलाहरूले उत्पादन गरेका सामग्रीहरुलाई नगरपालिकाले बजारीकरण गर्ने उहाँले बताउनुभयो ।उहाँका अनुसार उत्पादन भएका सामग्रीलाई कोसेली घर निर्माण गरि बिक्रीका लागि बजारमा पुर्‍याउने नगरपालिकाले योजना गरेको बनाएको छ। महिलाहरुलाई उद्यमी बनाउनका लागि नगरपालिकाको आवश्यक सहयोग रहने उहाँले उदघोष गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आफ्नै वरपर तथा वनजंगलमा पाईने कच्चापदार्थको प्रयोग गरि हस्तकलाको सामग्री निर्माण गर्दा लागत कम पर्ने र समय सदुपयोग गर्दै आर्थिक संकलन गर्न सकिने बताउनुभयो । हस्तकलाको बजार राम्रो भएको तर त्यसको लागि बजारीकरण आवश्यक भएको उहाँले बताउनुभयो । देवचुली नगरमा भएका सामुदायिक वनमध्ये जम्मा २ वटा वनमा मात्र उद्यमशीलताको कार्यक्रम संचालन भएकोमा अन्य वनले पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनाई छ।

नमुना उद्यम महिला समुहको भवन निर्माण समितिका अध्यक्ष कोपिला रायमाझीको अध्यक्षता भएको उदघाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी,सव डिभिजन वन कार्यालय देवचुली बुलिङटारका वसन्त दाहाल,फेकोफन नवलपुरका उपाध्यक्ष कमल बाचे, फरेष्ट एक्सन नेपालका प्रमुख अनुसन्धानकर्ता कन्चन लामा, विभिन्न संघसंस्था, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिलगायत उद्यमी महिलाहरुको उपस्थिति रहेको थियो।

वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजनाको ८ लाख रुपैयाँ सहयोग र बाँकी नमूना महिला सामुदायिक वनको सहयोगमा १० लाखको लागतमा भवन निर्माण सम्पन्न गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष बिनु गुरुङले बताउनुभयो । सामुदायिक वनको कार्यालय नजिक बनेको भवनमा झ्याल,ढोका र ढलानका लागि वनको सहयोग रहेको छ।


सो कार्यक्रमको संचालन भवन निर्माण समितिका सचिव रिलकुमारी तामाङले गर्नुभएको थियो।

Write your Comment