आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

देवचुलीमा मंसिर ११ बाट प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित २०७८ मंसिर २, बिहिबार (२ साल अघि)


राजु चापागाई, नवलपुर । देवचुली वडा न १० मा मंसिर ११ देखि २५ गतेसम्म प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका वडा न १० को सहयोगमा शान्तिदिप युवा क्लबको आयोजनामा  देवचुली नगरपालिकाको प्रस्तावित रंगशाला देवचुली १० मा खेल संचालन हुनेछ ।प्रतियोगितामा चितवन,नवलपुर,नवलपरासी र रुपन्देही जिल्लाका १४ वटा टिमहरुको सहभागिता रहनेछ।प्रतियोगिताको पहिलो चरणको खेल मंसिर ११ देखि १६ गतेसम्म , क्वाटर फाईनलको खेल मंसिर १७ देखि २० गतेसम्म , सेमिफाइनलको खेल मंसिर २१ र २२ गते साथै फाईनल खेल मंसिर २५ गते हुने खेल संयोजक गनबहादुर रानाले जानकारी दिए ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ” भन्ने नारासहित खेलकुदको स्तर उन्नति र खेलाडी उत्पादनका लागि क्लबले विगतमा धेरै फुटबल प्रतियोगिता संचालन गरि सकेको र गत ३ वर्ष नगर रंगशाला निर्माणका कारण प्रतियोगिता संचालन गर्न नसकिएकोले अहिले प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता संचालन गर्न लागिएको शान्तिदिप युवा क्लबका अध्यक्ष अमर घर्तीले बताए ।

प्रतियोगिता संचालनका लागि करिब १० लाख खर्च लाग्ने आर्थिक संयोजक वीर बहादुर घर्ती मगरले बताए । देवचुली १० वडा कार्यालयबाट आउने सहयोग रकम , प्रति टिम दर्ता रु ७ हजार ५ सयका दरले संकलन हुने रकम र विभिन्न व्यक्ती, संघसंस्थाबाट आउने सहयोगबाट नै प्रतियोगिता सम्पन्न गर्ने योजना रहेको मगरले बताए । त्यस्तै खेलका लागि आर्थिक सहयोग गर्न र खेलको अवलोकन गर्न विभिन्न संघसंस्था ,उद्योगी, व्यापारी , स्थानीय लगायतका व्यक्तिहरुलाई क्लबले अनुरोध समेत गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Write your Comment