आज:  २०८२ जेष्ठ २, बिहिबार | Thu, 15, May, 2025 Search
FLASH NEWS

आज ३०२ औँ पृथ्वी जयन्ती

    प्रकाशित २०८० पौष २७, शुक्रबार (१ साल अघि)


काठमाडौं।आज ३०२ औँ पृथ्वी जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट शाहको जन्म भएको थियो।

वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरे। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी आज पृथ्वी जन्मजयन्ती मनाइँदैछ।

पृथ्वी जयन्तीको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ।

Write your Comment