आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

    प्रकाशित २०८० माघ १८, बिहिबार (५ महिना अघि)


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार, डिजेल–मट्टितेलमा दुई र एलपी ग्यासमा १५ बढाइएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य १७०, डिजेल, मट्टितेलको मूल्य १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० कायम भएको छ ।

Write your Comment