आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

इन्जा ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार दीपा कर्ण र मेलम्ची रेडियोलाई

    प्रकाशित २०७९ श्रावण १०, मंगलबार (२ साल अघि)


नवलपुर । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)ले यस बर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ । पचास/पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने निर्णय इन्जा निर्णायक मण्डलले सोमबार गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी गराउनुभएको छ ।

एक दशक अगाडि देखि सप्तरीको स्थानीय रेडियो हुदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको बिकास , संरक्षण र प्रवर्द्धन एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पुर्‍याउँदै आएकी युवा पत्रकार दीपा कणले ग्रामीण जीवन त्यसमा पनि तराईमा लैंगिक समानताका लागि पत्रकारिता मार्फत आफनो क्रियाशीलता बढाउँदै आएकी छन् ।

त्यसैगरी ग्रामीण आवाजलाई उजागर गर्ने उद्धेश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२ मेघाहर्जले आफनो प्रसारण मार्फत त्यहांका स्थानीय नागरिकहरुलाई सुसुचित गर्ने र उनीहरुका आवाजलाई जस्ताको तस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ । ०७२ सालको विनाशकारी भुकम्प र गत बर्ष इन्द्रावती र मेलम्ची खोलामा आएको विनाशकारी बाढीले रेडियोका प्रसारण यन्त्र र महत्वपुर्ण कागजातहरुमा क्षति पुर्‍याएपनि त्यस रेडियो तत्काल अस्थायी संरचनाको स्टुडियोमार्फत प्रसारण गरेर भएपनि नागरिकको आवाज र सूचनाको हकलाई उजागर गर्ने दायित्वबाट पछि परेन । यसले गर्दा सामुदायिक रेडियो प्रतिको जन विश्वास अझ मजबुत बनाएको छ ।

Write your Comment