आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

देवचुली ९ लाई वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि

    प्रकाशित २०८० बैशाख २४, आईतबार (११ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा संचालित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि देवचुली ९ ले जितेको छ। बुद्ध जयन्तीको अवसरमा जनचेतना युवा क्लबद्वारा आयोजित प्रतियोगितामा देवचुली ९ ले देवचुली ८ लाई हराउँदै उपाधिको रक्षा गर्न सफल भएको हो । बेष्ट अफ थ्रीको आधारमा खेलाइएको फाइनल खेलमा सोझो सेटले देवचुली ९ विजयी भएको हो।


प्रतियोगिताको बिजेता देवचुली ९ ले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता देवचुली ८ ले नगद १५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि प्रतियोगितामा तृतीय हुने देवचुली ७ ले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको हो।

जनचेतना युवा क्लबका अध्यक्ष धनबहादुर बाह्रघरेको अध्यक्षता भएको प्रतियोगिता समापन कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा देवचुली वडा नम्बर ६ का वडा अध्यक्ष मीनबहादुर सोती ,देवचुली वडा नम्बर ७ का वडा अध्यक्ष भुमिसरा आले,देवचुली वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटा ,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगर खेलकुद विकास समितिका अध्यक्ष सुभाषचन्द्र ओझा,उपाध्यक्ष अमर घर्ती मगर,सचिव प्रकाश काफ्ले लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा बिजेता,उपबिजेता तथा तृतीय हुने टिमलाई देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेले पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगितामा देवचुली नगरपालिकाका ८ वडाको सहभागिता रहेको थियो। बैशाख १९ गतेदेखि संचालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो।

Write your Comment