आज:  २०८२ बैशाख २०, शनिबार | Sat, 03, May, 2025 Search
FLASH NEWS

मौलाकालिका केबलकारको निर्माणाधीन भवनबाट खसेर एक जना मजदुरको मृत्यु

    प्रकाशित २०८१ श्रावण १८, शुक्रबार (९ महिना अघि)


नवलपुर । मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको चार तला माथिबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मौलाकालिका केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको उनी मजदुर थिए । मृत्यु भएका कुर्मीको शव भरतपुर अस्पतालमा ल्याइएको छ ।

Write your Comment