आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

नारायणी नदीले खतराको तह पार गर्‍यो

    प्रकाशित २०७८ अषाढ १, मंगलबार (२ साल अघि)


चितवन । नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो ।

यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले (अपरान्ह ४ बजेको समयमा) नारायणीको सतह बढेर ८.०५ मिटर पुगेको छ ।
अहिले नारायणीको बहाब अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नारायणीले खतराको तह पार गरेसंगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Write your Comment