आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

अभिभावकबिहिन बालबालिकाको संरक्षण आवश्यक- मन्त्री जुलीकुमारी महतो

    प्रकाशित २०७८ जेष्ठ ५, बुधबार (२ साल अघि)


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले कोरोना महामारीका समयमा हिंसाका गतिविधिहरू यथावत रहेको बताउनु भएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद् द्वारा आयोजित भर्चुअल कोभिड संकट बालबालिका संरक्षण स्वयंसेवी सहायता समुहका लागि प्रारम्भिक अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोनाको जोखिमसँगै महिला, बालबालिका, ज्येष्ठ र फरक क्षमता भएका व्यक्तिहरूलाई बन्दाबन्दी असर गरेको पनि औल्याउनु भयो ।

संकट बालबालिका संरक्षण स्वयंसेवीमा आभार प्रकट गर्दै उहाँले अभिभावक बिहिन बालबलिकाको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कोरोना संक्रमणबाट आमाबुबाको मृत्यु भई अभिभावक विहिन भएका बालबालिकालाई विशेष संरक्षणको खाँचो छ । त्यस तर्फ हाम्रो विशेष ध्यान पुग्न जरुरी छ ।’अभिभावक बिहिनको अभिभावकत्व सरकारले लिने बताउँदै उहाँले भन्नुभयो, ‘अभिभावक गुमाएकाहरूको अभिभावक राज्य हुनेछ । यो हामीले पटक पटक भनेका छौं ।’

उहाँले महिला, बालबालिका, ज्येष्ठ र फरक क्षमताल भएकाहरू समस्याम परेको जो कोहीले पनि देखेमा मन्त्रालयमा सम्र्पक गर्न आग्रह पनि गर्नुभयो । उहाँले कोरोनाको बेलामा सबै स्वयंसेवकलाई आफू पनि सुरक्षित रहनका लागि आग्रह गर्नुभएको छ ।

उहाँले आफूलाई पनि संक्रमण भएको र उच्च मनोबलका साथ कोरोनाबाट मुक्त भएको भन्दै उहाँले सबैलाई कोरोना संक्रमण भई हाल्यो भने पनि नआत्तिन सुझाउनु भएको छ ।

उहाँले भन्नुभयो– ‘हामी आफू पनि बाच्ने र अरुलाई पनि बचाँउने अभियानमा लाग्नु पर्छ ।’ संक्रमणको जोखिम उच्च रहेकाले उहाँले सबैलाई स्वास्थ्यका मापदण्डहरू कडाईका साथ आफै पालना गर्न पनि सचेत गराउनु भएको छ ।

महामारीका बेला हुने हिंसार अन्य समस्यामा परेकाहरूको राहत, उद्दार संरक्षण गरि समस्याको समाधान गर्नु सबैको कर्तव्य भएको पनि उल्लेख गर्नुभयो ।

Write your Comment