आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

सातौं नवलपुर महोत्सवमा टिकटक प्रतियोगिता हुने

    प्रकाशित २०७९ माघ २५, बुधबार (१ साल अघि)


नवलपुर। सातौं नवलपुर महोत्सव २०७९ प्रवर्द्धन र प्रचारप्रसारका लागि टिकटक प्रतियोगिता हुने भएको छ । फागुन ३ गते देखि १३ गतेसम्म संचालन हुने नवलपुर महोत्सवलाई प्रचारात्मक रुपमा अघि बढाउन टिकटक प्रतियोगिता राखिएको सातौं नवलपुर महोत्सव-२०७९ का प्रवक्ता एवम् प्रचार प्रसार समिति संयोजक सागर पोख्रेलले जानकारी दिनुभयो ।

टिकटक प्रतियोगिताका लागि नवलपुर उद्योग वाणिज्य संघको आधिकारिक टिकटक # सातौ नवलपुर महोत्सव २०७९ मा ह्यास ट्याग अनिवार्य प्रयोग गरिएको हुुनपर्नेछ । महोत्सवलाई प्रविधियुक्त बनाउन विभिन्न योजनाहरु अघि सारिएको संयोजक पोख्रेलले जानकारी दिनभयो । टिकटक प्रतियोगिता आजबाट नै शुरु हुने जनाईएको छ । महोत्सव शुरु हुन अगावै सातौं नवलपुर महोत्सवको जिङ्गलमा भिडियोहरु तयार पार्नुपर्नेछ भने महोत्सव शुरु भएपछि महोत्सव स्थल भित्र सातौं नवलपुर महोत्सव देखिने दृश्य सहित जुनसुकै गितमा समेत निर्माण गर्न पाईने छ । तर भिडियो निर्माण गर्दा सन्देश मुलक हुनु पर्ने बताईएको छ । महोत्सव प्रचार प्रसारलाई टेवा पुग्ने र जिल्लाको पहिचानलाई बढाउने गरी प्रतियोगितालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाईनल भने महोत्सव सम्पन्न दिन सम्म हुने र समापन समारोहमा विजेता घोषणा गरी पुरस्कृत गरिने महोत्सव सांस्कृतिक संयोजक भेषबहादुर अधिकारीले बताउनुभयो ।

Write your Comment