आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता सुरु

    प्रकाशित २०७७ चैत्र १७, मंगलबार (३ साल अघि)


राजु चापागाईं ,
नवलपुर ।
देवचुली नगरपालिकामा दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ आजबाट सुरु भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको अध्यक्ष भीमलाल तिवारीको अध्यक्षतामा भएको समुदघाटन खेलमा देवचुली नगरपालिकाको नगर प्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुदघाटनमा बोल्दै नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले नगरपालिकाले खेलकुद पर्वद्धनमा सदैव सहयोग गर्ने बताउनुभयो । नगरपालिकाले गत वर्ष खेलमैदान स्तरोन्नति गरिएको र आगामी वर्ष पनि निरन्तर खेलमैदान स्तरोन्नति संगै खेलकुद प्रतियोगिताहरु संचालन गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताउनुभयो । समुदघाटन खेलमा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वती तिवारी, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज भएको युनाईटेड रजहर फुटबल क्लब र नारायणी युवा क्लब समुदघाटन खेलमा युनाईटेड रजहर फुटबल क्लब २-१ गोलले विजयी भएको छ । आजको खेलमा युनाईटेड रजहर फुटबल क्लबका अमित कुँवर र सरोज सुनारले गोल गरेका थिए भने नारायणी युवा क्लबका सन्जु तामाङले गोल गरेका थिए । आजको खेलमा युनाईटेड रजहर फुटबल क्लबका सागर अधिकारी म्यान अफ दि म्याच भएका थिए।


नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल फारम निलो र केउरानी युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

Write your Comment