आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

देवचुलीको मेयरमा एमालेबाट सात जनाको दाबी

    प्रकाशित २०७८ चैत्र २९, मंगलबार (२ साल अघि)


देवचुली । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा देवचुलीमा नगरपालिकामा नेकपा एमाले बाट नगरप्रमुखमा वर्तमान नगर उपप्रमुख पार्वता तिवारी सहित सात जनाले दाबी गरेका छ्न ।

मंगलबार बसेको एमाले देवचुली नगर कमिटिको बिस्तारित बैठकमा खिमानन्द भुसाल, धर्मदत्त भुसाल , हरि न्यौपाने , नरदेव न्यौपाने ,रामप्रसाद शर्मा ,होमनाथ जैसी, पार्वती तिवारीले नगरप्रमुख पदमा दाबी गर्दै नाम दर्ता गराएका नेकपा एमाले देवचुलीले जनाएको छ ।

त्यसै गरि उपप्रमुख पदमा शिवहरी अधिकारी,कल्पना भण्डारी देवकोटा, युवराज वाग्ले, रिमबहादुर आले,दिनाकुमारी पराजुली,पार्वती पाण्डे, दिनानाथ भुसाल, तिलप्रसाद पाठक, टोपराज कोइराला र कमला सापकोटाले उम्मेदवारीमा दावी गरेको एमाले देवचुली स्रोतले बतायो ।

Write your Comment