आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

चौथो कावासोती मेयर कपको भोलिबाट सेमिफाइनल खेल सुरु हुने

    प्रकाशित २०७८ चैत्र ८, मंगलबार (२ साल अघि)


देवचुली । फागुन ३० गतेदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा कावासोती वडा न. ५ र वार्ड नम्बर १ विजयी भएको छ ।
वडा न. ५ ले वार्ड नंबर ११ लाई तिन शून्य अन्तरले विजयी भएको हो । पहिलो खेलमा वार्ड नम्बर ५ न. का आशिष गहतराज म्यान अफ दी म्याच घोषित हुनुभएको छ ।
यस्तै दोश्रो खेलमा वडा न. १ विजयी भएको छ । वडा न. १ र वडा न. ३ को बीचमा भएको खेलमा एक शुन्य गोल अन्तरले वडा न. १ विजयी भएको डायमण्ड युथ सोसाईटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । दोश्रो खेलमा वडा न. १ को दिपेश राना म्यान अफ दि म्याच हुनुभएको छ ।

भोली बुधबार वाट सेमीफाइनल खेल हुने र पहिलो सेमीफाइनल वडा न. १६ र ५ को बीच भोली ३ बजे हुने आयोजकले बताएको छ ।
यसै बीच चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो ।
चौथो मेयर कप प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।
कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा प्रतियोगिता आयोजना भएको छ ।
कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटीको सहआयोजना तथा कावासोती वडा न. १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।

Write your Comment