आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

अमेरिकामा नेपाली म्युजिक भिडियो सार्वजनिक । म्युजिक भिडियो सहित ।

    प्रकाशित २०७८ माघ १, शनिबार (२ साल अघि)


बिश्वास लामिछाने-काठमाण्डौ । अमेरिकाको केन्टुक्की राज्यको लेक्जिन्टन शहरमा तिमीसंग छुट्टीयर नेपाली गीती म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विदेशमा रहेर पनि नेपाली गीत संगीत लाई माया र लगानी गर्न सक्रिय रहँदै आएका सुमन दाहालले अमेरिकामा नै सुटिङ गरी सम्राट कृयासन युटुव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

प्रेमले भरिएको नविनतम गीत तिमीसंग छुट्टीयर बोलको म्युजिक भिडियो शनिबार सम्राट कृयासनको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा कुशल शब्दकार समेत रहेका कल्पना प्रशाद पाठकको गीत रचना रहेको छ भने सिडी बिजय अधिकारीले संगीत र सुमधुर स्वर भरेका छन्।

गीतको म्युजिक भिडियो फिल्मी शैलीमा तयार पारिएको छ। अमेरिकाको केन्टुक्की राज्यको लेक्जिन्टन शहरमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा एक प्रेमिल जोडीको माया प्रेमको कथा छ । म्युजिक भिडियो सुमन दाहालले निर्देशन गरेका छन् भने सम्पादन तथा छायांकन अक्की शर्माको छ। यो आकर्षक म्युजिक भिडियोमा कलाकार राजु भण्डारीको साथमा निश्मा चापागाईले लोभलाग्दो अभिनय गरेका छन्।
नेपाली युवा दाहाल तथा टिमले दर्जनौं गीत निकाल्ने तयारी गरेका छन् भने थुप्रै म्युजिक भिडियो समेत सार्वजनिक गर्दै आएका छन्।
दाहालले यो गीतले पनि आफ्नो अघिल्ला गीतले जस्तै दर्शक स्रोताको मन जित्ने अपेक्षा गरेका छन्।

म्युजिक भिडियो हेर्न यो लिन्कमा क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=iPVrPjXZv5A

Write your Comment