

देवचुली। देवचुली-१५ सालघारीस्थित नारायणी आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। विद्यालयको आयोजनामा आगामी कात्तिक २१ गते सालघारी चौतारीमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा आवश्यक भौतिक संरचना निर्माणमा सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ। कार्यक्रममा देउसी–भैलोसहित विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ। आयोजकले स्थानीयवासी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी तथा सम्पूर्ण संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई विद्यालयको शैक्षिक तथा भौतिक विकास अभियानमा सहयोग गर्न आग्रह गरेको छ।