आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

नमुना महिला सामुदायिक वनको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०८३ कार्तिक १, शनिबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा रहेको नमुना महिला सामुदायिक वन उपभोक्ता समूहको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवचुली ७, ८ र ९ कार्यक्षेत्र पर्ने वनको कार्यालयमा शनिबार साधारणसभा गरिएको हो।

नमुना महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रिलकुमारी तामाङको अध्यक्षतामा भएको देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, सामुदायिक वन महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचे, देवचुली ९ का वडा सदस्य विष्णु खडका, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियो।

साधारसभाबाट समुहका अध्यक्ष तामाङले प्रस्तुत गरेको वार्षिक कार्ययोजना तथा प्रगति प्रतिवेदन, लेखा संयोजक सुरेन्द्र रिजालले प्रस्तुत गरेको लेखा प्रतिवेदन, कोषाध्यक्ष कोपिला रायमाझीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरिएको आयोजकले जनाएको छ । साधारणसभाको बन्द सत्रमा विभिन्न विषयमा छलफल गरि निर्णय गरिएको नमुना महिला सामुदायिक वन उपभोक्ता अध्यक्ष रिलकुमारी तामाङले जानकारी दिनुभयो ।

साधारण सभाको खुला सत्रमा बोल्ने अधिकांश व्यक्तिहरुले वनले उपभोक्ताको हितमा रहेर सामाजिक गतिविधि गर्नुपर्ने, वन संरक्षणमा सबैको सहकार्य हुनुपर्ने लगायतका विषयमा भनाई राख्दै वनलाई आगामी कार्ययोजनामा सफलता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। साधारणसभामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो । नमुना महिला सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष चन्द्रमाया बाचेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारणसभाको समितिका सचिव पवित्रा रानाले सहजीकरण गर्नुभएको थियो।

Write your Comment



↑