आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

देवचुली नगर युवा तथा खेलकुद विकास समितिको अध्यक्षमा अशोकराज अधिकारी चयन

    प्रकाशित २०८३ आश्विन ३०, शुक्रबार (३ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिकाले अशोकराज अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नगर युवा तथा खेलकुद विकास समिति गठन गरेको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन अनुसार समिति गठन गरिएको हो ।


जसको उपाध्यक्षमा अमरबहादुर घर्ती, सदस्य सचिवमा आकाश श्रेष्ठ, सदस्यहरुमा अनुपलाल श्रेष्ठ, विदारीलाल तामाङ्ग, ढुण्डिराज केसी, दुर्गा पौडेल, जानुका थापा, चिरञ्जीवी पाण्डे, दिपक कुमार घर्ती, सुशील चापागाई, रमेश प्रसाद भुर्तेल, ओमचन्द्र महतो रहेका छन् । त्यस्तै नगर प्रहरी प्रमुख काजीमान अम्गाई र शिक्षा शाखाबाट देवराज काफ्ले सदस्य रहेका छन् । समितिले नगर भित्र युवाहरुको सशक्तीकरण तथा खेलकुदका गतिविधि संचालन गर्नेछ । नव गठित समितिको पदावधि ३ वर्षको रहनेछ ।


समितिलाई देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बिहीबार नियुक्ति पत्र प्रदान गर्नुभएको हो । नियुक्ति पत्र प्रदान पश्चात् नव गठित समितिलाई सपथ गराइएको हो । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष अधिकारीले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आँफू सधै क्रियाशिलताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले देवचुली भित्रको खेलकुदका सम्भावनालाई उजागर गर्दै यहाँका खेल तथा खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न पहल गर्ने बताउनुभयो ।

Write your Comment



↑