आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

देवचुली-१५, प्रगतिनगरमा नवलपुर सांस्कृतिक तथा खुला नृत्य प्रतियोगिता हुने

    प्रकाशित २०८३ आश्विन २७, मंगलबार (४ हफ्ता अघि)


देवचुली । देवचुली-१५, प्रगतिनगरमा नवलपुर सांस्कृतिक तथा खुला नृत्य प्रतियोगिता हुने भएको छ । विजयादशमीको अवसरमा नव प्रगति युवा क्लबको आयोजनामा कार्तिक २ गते जन ज्योति माविको प्राङ्गणमा प्रतियोगिता संचालन गर्न लागिएको हो ।

सांस्कृतिक कार्यक्रममा कार्तिक २ गते राष्ट्रिय कलाकार सहितको उपस्थिति रहने र कार्तिक १ गते हुने अडिसन राउन्डबाट छनोट भएका सहभागीबीच फाइनल नृत्य प्रतियोगिता हुने क्लबका अध्यक्ष श्रीकृष्ण विश्वकर्माले जानकारी दिए । नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नृत्यमा सहभागी हुनका लागि असोज ३१ गते साँझ ५ बजेसम्म नाम दर्ता गर्न सकिने र दर्ता शुल्क ३ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि ९८४७२४५६२६, ९८४७२१५८४५, ९८६४४०१०६२, ९८६०२६८९५०, ९८१९४८७६५३ मा सम्पर्क गर्न सकिने कार्यक्रम कार्यक्रम संयोजक परशुराम लम्सालले जानकारी दिए ।

Write your Comment



↑