आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

प्रगतिनगर साना किसानको अध्यक्षमा गुमा तिवारी भट्टराई सर्वसम्मत चयन

    प्रकाशित २०८३ आश्विन २५, आईतबार (१ महिना अघि)


देवचुली। प्रगतिनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा गुमा तिवारी भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । दलदलेको सहारा पार्टी प्यालेसमा शनिबार भएको बाह्रौं साधारण सभा तथा चौंथो अधिवेशनबाट तिवारीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको निर्वाचन मण्डलका संयोजक नरदेव न्यौपानेले जानकारी दिनुभयो।


अधिवेशनबाट संस्थाको उपाध्यक्षमा तारा देवी भुसाल काफ्ले, सदस्यहरुमा सरस्वती पन्थी, लालुमाया गौतम, लक्ष्मी कुमाल, लक्ष्मी श्रेष्ठ, कृष्णमाया आले, टोपमाया तिवारी र दमकला न्यौपाने चयन हुनुभएको हो । त्यस्तै अधिवेशनबाट लेखा समितिको संयोेजकमा राधिका अधिकारी, सदस्यहरुमा रचना उपाध्याय र नुमाकला न्यौपाने चयन हुनुभएको हो ।

सहकारी संस्थाका अध्यक्ष रुमाकला काफ्लेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका संचालक सदस्य तथा जिल्ला कृषि सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष सविना अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि छिमेकी सहकारीका प्रतिनिधि, संस्थाका सल्लाहकार, निर्वाचन समितिका संयोजक तथा सदस्य, विभिन्न उप समितिका पदाधिकारी लगायत शेयर सदस्यको उपस्थिति रहेको थियो।


निर्वाचित कार्यसमिति तथा लेखा समितिलाई शनिबार नै सपथ ग्रहण गराइएको हो । संस्थाको नयाँ कार्यसमिति चयनका लागि नरदेव न्यौपानेको संयोजकत्वमा सरस्वती अर्याल र कल्पना पराजुली सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सपथ ग्रहण गर्दै निर्वाचित अध्यक्ष तिवारीले शेयर सदस्यहरुको हितमा काम गर्ने प्रतिबद्धता समेत गर्नुभएको थियो ।

 

Write your Comment



↑