आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

छैठौं जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबलाई

    प्रकाशित २०८३ आश्विन २२, बिहिबार (१ महिना अघि)


देवचुली । कावासोती १२ मा संचालित छैठौं जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबले जितेको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा बुधबार भएको गैंडाकोट फुटबल क्लबका विरुद्ध एसबी स्पोर्ट्स दलदलेबिचको फाइनल खेलमा विजयी हुँदै गैंडाकोट फुटबल क्लबले उपाधी जितेको हो ।

फाइनल खेलमा गैंडाकोटले एसबी स्पोर्ट्सलाई २-१ गोल अन्तरले हराएको हो । प्रतियोगिताको बिजेता गैंडाकोट फुटबल क्लबले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता एसबी स्पोर्ट्सले नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि सेमिफाइनलमा पुग्ने चितवन फुटबल क्लब र मुक्ति एकेडेमीले १५/१५ हजार रुपैयाँँ प्राप्त गरेका छन् ।

फाइनल खेलमा गैंडाकोट फुटबल क्लबकी सुशीला भुजेल म्यान अफ दि म्याच भएकी थिइन् । त्यसै गरि प्रतियोगिताको सर्वाधिक गोलकर्ता एसबी स्पोर्ट्स दलदलेका सजिना स्याङ्ताङ र सर्वोकृष्ट गोलरक्षकमा एसबी स्पोर्ट्स दलदले कै करुणा बुढाथोकी भएका थिए । प्रतियोगितामा नवलपुर र चितवनका ८ टिमको सहभागिता रहेको थियो ।

भोदी तथा महिला फुटबल प्रतियोगिताका संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, कावासोती-१० का वडा अध्यक्ष टेकनारायण महतो, कावासोती-१३ का वडा अध्यक्ष लालबहादुर गुरुङ्ग, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment



↑