आज:  २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026 Search
FLASH NEWS

देवचुलीमा प्रथम रजहर भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

    प्रकाशित २०८३ आश्विन ४, आईतबार (२ हफ्ता अघि)


देवचुली । देवचुली-१६ रजहरमा प्रथम रजहर भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । श्री जनकल्याण सामाजिक विकास केन्द्र ( फिर्के) को आयोजना, हरियाली युवा क्लबको सह आयोजना तथा लायन्स क्लब अफ रजहर सिटी, रजहर जेसिज, रजहर युवा संजाल लगायत संस्थाको सहयोगमा कार्तिक ७ गतेदेखि देवचुली माविको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराइएको हो ।

आयोजक संस्था फिर्केका अध्यक्ष गिरीराज गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा देवचुली-१६ का वडा अध्यक्ष केशव राज गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली माविका प्रधानाध्यापक विश्व पौडेल, धुसेरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्णप्रसाद तिवारी, प्राकृतिक चिकित्सालय रजहरका प्रबन्ध निर्देशक हरि सापकोटा, रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बासुबाबु कोइराला लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

१२ टिमको सहभागिता रहने गरि प्रतियोगिता संचालन गर्न लागिएको आयोजक फिर्केका अध्यक्ष गिरिराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैयाँ नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमलाई १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच र फाइनलमा म्यान अफ द किपरलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि ३ हजार ५ सय रुपैयाँँ दर्ता शुल्क लाग्ने आयोजकले उल्लेख गरेका छन् । खेलमा ४० वर्ष माथिका खेलाडी ५ जना, ४५ वर्ष माथिका खेलाडी ५ जना र ५० माथिको खेलाडी १ जना रहने गरि खेल संचालन हुने जनाइएको छ ।

Write your Comment



↑