आज:  २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026 Search
FLASH NEWS

कावासोती-१२ मा असोज ३ र ४ गते जिल्लास्तरीय भोदी खेल प्रतियोगिता हुने

    प्रकाशित २०८३ भाद्र २५, बिहिबार (३ हफ्ता अघि)


देवचुली । कावासोती-१२ मा असोज ३ र ४ गते पुरुष तथा महिला जिल्ला स्तरीय भोदी खेल प्रतियोगिता हुने भएको छ । थारु समुदायको अनन्त पर्व र थारु नारीहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी, कावासोती-१२ राजमन्दिरको आयोजनामा महिला तथा पुरुष भोदी खेल प्रतियोगिता आयोजना गर्न लागिएको हो । थारु संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले असोज ३ र ४ गते परम्परागत भोदी खेल प्रतियोगिता संचालन गरिने भएको हो ।

असोज ३ गते राजमन्दिर खेल मैदानमा संचालन हुने प्रतियोगितामा सहभागिताका लागि असोज २ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । टिम दर्ताका लागि पुरुषतर्फ २ हजार र महिलातर्फ १ हजार रुपैयाँँ शुल्क लाग्ने छ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले ४० हजार, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र चौथो हुने टिमले रु. ५ हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन् भने महिलातर्फ प्रथम हुने टिमले २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ, तृतीयले १० हजार रुपैयाँ र चौथो हुने टिमले ५ हजार रुपैयाँँ नगदसहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागी हुन लागि श्याम थनेत ९८११४६५९९०, महेश खनाल ९८११५२८५११ र नैनाराम थनेत ९८१७५५७७६२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Write your Comment



↑