आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

नवलपुरकी किशोरी अभियन्ता सवनम सुनार ग्लोकल टिन हिरोको टप ६ मा पर्न सफल

    प्रकाशित २०८३ भाद्र ३, बुधबार (३ हफ्ता अघि)


कावासोती । कावासोती-६ निवासी किशोरी अभियन्ता सवनम सुनार ग्लोकल टिन हिरोको यो बर्षको टप ६ मा पर्न सफल हुनुभएको छ । २० वर्षमुनिका युवामध्ये नेतृत्व, नवीनता र समुदायमा पुर्‍याएको प्रभावका आधारमा छनोट गरिने उक्त सूचीमा सुनार समावेश भएका हुन् ।

देशभरबाट उत्कृष्ट किशोरकिशोरीको छनौट गर्ने अभियानका साथ सुरु यो अभियानमा देशभरबाट ७९१ जनाले आवेदन पेश गरेको आयोजकले बताएका छन् । सवनम सुनार कावासोतीमा जागृती बाल तथा युवा सरोकार नेपाल र क्यान्नालनद्वारा संचालित किशोरी सशक्तीकरण कार्यक्रमको साथी शिक्षकको रुपमा ३ बर्ष अभियानकर्ताको रूपमा रहेर दिक्षित किशोरी समेत हुन् ।


सुनार सन २०२४ मा ताइवनमा एसियन गर्ल्स क्याम्पियनमा सहभागी हुनुभएको थियो । त्यहाँ उहाँले ग्रीनिङ्ग पकेट नामक परियोजना प्रस्तुत गरेर छनौट हुन सफल हुनुभएको थियो । सो परियोजनाबाट उहाँले फोहोर व्यवस्थापन र सरसफाईको लागि बालबालिका, किशोरकिशोरी र युवाको सहभागिता अभिवृद्दीको लागि अभियानहरु गर्नुभएको थियो । उहाँ युनिसेफको ग्लोबल गर्ल्स लिडर सल्लाहकार समितिमा दक्षिण एसियाबाट छनौट हुनुभयको थियो । सो समितिमा प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रममा किशोरीहरु र युवाको मुद्दाहरुमा वकालत गर्दै आउनुभएको छ ।

उहाँ यही बर्ष अस्ट्रेलियामा आयोजित वमन डेलिभर २०२६ मा वक्ताको रूपमा सहभागिता जनाउनु भएको थियो । सो अन्तर्राष्ट्रिय कार्यक्रममा १८९ भन्दा बढी देशबाट ६००० भन्दा बढीको सहभागिता रहेको थियो । महिला डेलिभरको मुख्य प्लेनरी सत्रमा १४ पटककी ओलम्पिक पदक विजेता एम्मा म्याकिओन, क्रिस्टिन अरब तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग संयुक्त रूपमा प्यानलमा सहभागी रहनुभयको थियो । त्यो बाहेक उहाँले त्यहाँ संचालन गरेका महिनावारी स्वास्थ्य र बालविवाह अन्त्यको लागि सत्रमा बक्ताको रूपमा रहनुभयको थियो ।

उहाँलाई ग्लोकल टिन हिरोमा भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर GTH2026 SS लेखेर 35001 मा पठाउनुपर्नेछ ।

Write your Comment