आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको न्यौपानेलाई रास्वपा देवचुलीद्वारा सम्मान

    प्रकाशित २०८३ अषाढ २०, शनिबार (१ हफ्ता अघि)


देवचुली । सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका देवचुली नगरपालिका–११ धारापानी निवासी दुर्गा प्रसाद न्यौपानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीले सम्मान गरेको छ । ७६ वर्षीय न्यौपानेले शुक्रबार वडा कार्यालयमा निवेदन दर्ता गर्दै सामाजिक सुरक्षा सुविधा वास्तविक आवश्यकता भएका ज्येष्ठ नागरिकसम्म पुग्नुपर्ने विश्वासका साथ नेपाल सरकारलाई सहयोग गर्न भत्ता नलिने निर्णय गरेको घोषणा गर्नुभएको थियो ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीद्वारा विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरु न्यौपानेको निवासमा पुगि नेपाल सरकारले बजेट वक्तव्यमा ल्याएको कार्यक्रम अन्तर्गत सक्नेले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्ने अन्तरगत न्यौपानेले घोषणा गरेकोमा सम्मान प्रकट गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली-११ का सभापति ताराचन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीका सभापति क्या. शेरबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

नगर सभापति केसीले दुर्गाप्रसाद न्यौपानेले सामाजिक सुरक्षा भत्ता नलिने अनुकरणीय निर्णय गरेको भन्दै खादा लगाएर सम्मान गर्नुभएको थियो । सक्नेले सामाजिक सुरक्षा भत्ता नलिन र राज्यको केही भएपनि व्यवभार कम गराउन सबै नागरिकले साथ दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले स्वेच्छाले भत्ता नलिने निर्णय गरेर नैतिकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको र अन्य सक्नेले समेत उहाँबाट सिक्नुपर्ने सभापति केसीले बताउनुभयो ।

सम्मानमा बोल्दै न्यौपानेले घरमा छोरा, छोरी सबैसँग सल्लाह गरेर आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नलिने बताउनुभयो । नेपाल सरकारको आग्रहलाई मान्दै स्वेच्छाले वडा कार्यालय पुगि भत्ता नलिने निवेदन दिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली-११ का सभापति ताराचन भट्टराईले दुर्गाप्रसाद न्यौपाने सामाजिक अभियान संलग्न हुँदै विभिन्न विद्यालयमा अक्षयकोष स्थापना लगायत सामाजिक कार्यको प्रशंसा गर्दै उहाँबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको अनुरोध मान्नुभएको भन्दै न्यौपानेलाई धन्यवाद ज्ञापन गर्दै आर्थिक रुपले सक्षम भएका व्यक्तिहरुलाई सामाजिक भत्ता स्वेच्छाले नलिनका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा रास्वपाका वडा, नगर र क्षेत्रीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Write your Comment