आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

नवलपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा धामनाथ सापकोटा चयन

    प्रकाशित २०८३ जेष्ठ ३१, आईतबार (३ हफ्ता अघि)


नवलपुर । नवलपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा धामनाथ सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । संघको गैंडाकोट-१६ मा आइतबार भएको तेस्रो जिल्ला अधिवेसशनबाट सापकोटाको नेतृत्वमा १२ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा सागर कुमार गैरे, सचिवमा विवेक न्यौपाने, कोषाध्यक्षमा बाबुराम घिमिरे र सदस्यमा लक्ष्मण कार्की, प्रकाश पौडेल, लिलाराम कंडेल, कृष्ण बहादुर थापा, ओमकार कंडेल, रमेश तिवारी, सुरज चापागाई र सुमन पण्डित रहेका छन् ।

अधिवेशनले आगामी कार्यकालमा जिल्लामा क्रिकेट खेलको विकास, खेलाडी उत्पादन, प्रतियोगिताको नियमित आयोजना तथा क्रिकेट गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको संघले जनाएको छ।

Write your Comment