आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

दोस्रो वडास्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी देवचुली-१६ लाई

    प्रकाशित २०८३ जेष्ठ २४, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली-१३ मा संचालन भएको दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी देवचुली-१६ ले जितेको छ । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


शनिबार भएको फाइनल खेलमा देवचुली- १६ ले देवचुली-१ लाई ट्राइबेकरमा ८-७ गोल अन्तरले हराउँदै उपाधी जितेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो ।

देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेता देवचुली-१६ ले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता देवचुली-१ ले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा देवचुली-१६ का सविन प्रजापति उत्कृष्ट खेलाडी, देवचुली-१६ का अभिषेक राना उत्कृष्ट गोलरक्षक र देवचुली-१ का सन्दिप मल्ल सर्वाधिक गोलकर्ता भएका थिए । उनीहरुलाई शिल्ड र मेडलले सम्मान गरिएको थियो ।


वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ का अध्यक्ष पुष्पराज लामिछानेको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा देवचुली-१३ का वडा अध्यक्ष एकदेव पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-१ का वडा अध्यक्ष कृष्णबहादुर केसी, देवचुली-१६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो । समापन समारोहमा देवचुली-१३ का वडा सदस्य सुबोचन्द्र सुबेदीको स्वागत मन्त्व्य रहेको थियो भने नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment