आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

देवचुलीमा आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८३ जेष्ठ २३, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । इम्बक्स देवचुलीको आयोजना तथा सकलादेवी माध्यमिक विद्यालयको समन्वयमा देवचुली नगरपालिका स्तरीय सामुदायिक विद्यालय आधारभूत तह (कक्षा ४–५) चित्रकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

सकलादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका–५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, सहभागी विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।


प्रतियोगितामा भिमसेन आदर्श माध्यमिक विद्यालयका रेवन ठाडा प्रथम, सकलादेवी माध्यमिक विद्यालयकी युविका चापागाई द्वितीय तथा शान्ति सृजना आधारभूत विद्यालयकी सरस्वती नेपाली तृतीय हुन सफल भएका छन्। उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

बालबालिकामा सिर्जनशीलता, कल्पनाशक्ति तथा चित्रकलाप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नगरभित्रका १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विषयवस्तुमा आधारित आकर्षक तथा सन्देशमूलक चित्र प्रस्तुत गरेका थिए।

Write your Comment