आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : भीमसेन आदर्श नमुना मावि फाइनल प्रवेश

    प्रकाशित २०८३ जेष्ठ २२, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा शुक्रबार भीमसेन आदर्श नमुना मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


भीमसेनले लोकसेवा माविलाई २-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा भीमसेन आदर्श नमुना माविका तर्फबाट रोशन थापा क्षेत्रीले २ गोल गरेका थिए । शुक्रबारको खेलमा भीमसेन आदर्श नमुना माविका आशिक कालिराज म्यान अफ दि म्याच भएका थिए ।

नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


प्रतियोगिता अन्तरगत आइतबार वरचुली माध्यमिक विद्यालयका विरुद्ध भीमसेन आदर्श नमुना माविका फाइनल खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।

Write your Comment