आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

देवचुलीमा अन्तर विद्यालय बुद्धि चाल प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८३ जेष्ठ २२, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा अन्तर विद्यालय बुद्धि चाल प्रतियोगिता सम्पन्न भएको छ । देवचुली युवा तथा खेलकुद विकास समितिको आयोजनामा नगरपालिकाको सभाहलमा भएको प्रतियोगितामा देवचुली नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।


शुक्रबार आधारभूत तह स्तरीय, माध्यमिक तह स्तरीय र छात्रातर्फ खुल्ला बुद्धि चाल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आधारभूत तहतर्फ सकलादेवी माध्यमिक विद्यालयका रिदम कुँवर प्रथम तथा अमर इङलिस स्कुल रजहरका इशान क्षेत्री द्वितीय भएका छन्। त्यसैगरी माध्यमिक तहतर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका शुसान्त भुर्तेल प्रथम तथा विश्वज्योति आवासीय माध्यमिक विद्यालयका कृष्ण बास्तोला द्वितीय भएका छन्। छात्रातर्फ विश्वज्योती आवासीय माध्यमिक विद्यालयका ज्योति बास्तोला प्रथम साथै अमर इङलिस स्कुलका अञ्जली योगी द्वितीय भएका छन् । विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।


प्रतियोगितामार्फत विद्यार्थीहरूमा बौद्धिक क्षमता, तार्किक सोच, धैर्यता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य राखिएको देवचुली नगरपालिका युवा तथ खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रतियोगिताका २९ खेलाडीहरु प्रतिष्पर्धामा सहभागी भएका थिए ।

Write your Comment