आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

सिटिजन्स बैंकद्वारा पृथ्वी माविलाई शैक्षिक सामग्री सहयोग

    प्रकाशित २०८३ जेष्ठ २२, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका–११ धारापानी चोकस्थित सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देवचुली–१० मा रहेको पृथ्वी माध्यमिक विद्यालयलाई ४३ इन्चको एलइडी टिभी तथा बालकक्षाका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरूले उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन्।


विद्यालयले बैंकलाई सामाजिक उतरदायित्व अन्तरगत टिभी तथा अन्य बालविकासका विद्यार्थीहरुलाई सहयोग माग गरिएकोमा बैंकद्वारा उक्त सामाग्रीहरु आज विद्यालयलाई हस्तान्तरण गरिएको बैंकका शाखा प्रवन्धक विश्वास ढुंगेलले जानकारी दिनुभयो । बैंकद्वारा विभिन्न संघसंस्थासँग सामाजिक उतरदायित्व अन्तरगत विभिन्न कार्यहरुमा सहकार्य गरिएको र आगामी दिनमा समेत निरन्तरता रहने उहाँले बताउनुभयो ।

सहयोग स्वरूप प्रदान गरिएको एलइडी टिभी तथा अन्य सामग्रीले बालकक्षाका विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बनाउन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर घर्ती मगरले बताउनुभयो।


कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, बैंकका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। विद्यालयले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।

Write your Comment