आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

दोस्रो वडास्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता : देवचुली-१० सेमि फाइनल प्रवेश

    प्रकाशित २०८३ जेष्ठ २१, बिहिबार (१ महिना अघि)


देवचुली । देवचुली-१३ मा जारी दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहीबार देवचुली-१० विजयी भएको छ । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


बिहीबार भएको खेलमा देवचुली-१० ले देवचुली-१५ लाई हराउँदै विजयी भएको हो । देवचुली-१० ले देवचुली-१५ लाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा देवचुली-१० का आयुष ओली म्यान अफ दि म्याच भएका थिए ।

देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।


त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत शुक्रबार देवचुली-१ का विरुद्ध देवचुली-११ र देवचुली-१० का विरुद्ध देवचुली- १६ बीच सेमिफाइनलका खेल हुने खेल संयोजक मदन भुसालले जानकारी दिए ।

Write your Comment