

देवचुली । देवचुली-१३ मा जारी दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा बुधबार देवचुली-११ र देवचुली-१६ विजयी भएका छन् । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

बुधबार भएको पहिलो खेलमा देवचुली-१६ विजयी भएको छ । देवचुली-१६ ले देवचुली-४ लाई २-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा देवचुली-१६ का विमल क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।
बुधबार नै भएको दोस्रो खेलमा देवचुली-११ विजयी भएको छ । देवचुली-११ ले देवचुली-७ लाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो खेलमा देवचुली-११ का सन्दिप सुवेदी म्यान अफ दि म्याच भएका थिए ।

देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत बिहीबार देवचुली-१० का विरुद्ध देवचुली- १५ बीच खेल हुने खेल संयोजक मदन भुसालले जानकारी दिए ।