आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : भानुदय मावि सेमिफाइनल प्रवेश

    प्रकाशित २०८३ जेष्ठ १९, मंगलबार (२ हफ्ता अघि)


देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा मंगलबार भानुदय मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


भानुदय माविले जन ज्योति माविलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट २/२ को बराबरी गोल भएसँगै खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा भानुदय माविका तर्फबाट सलिन सोमै र बबिन साथीघरेले १/१ गोल गरेका थिए भने जन ज्योति माविका तर्फबाट अभिषेक घर्तीले २ गोल गरेका थिए । मंगलबारको खेलमा भानुदय माविका मनोज सारु म्यान अफ दि म्याच भएका थिए ।

नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


प्रतियोगिता अन्तरगत बुधबार भीमसेन आदर्श नमुना माविका विरुद्ध देवचुली मावि बीच खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।

Write your Comment