

देवचुली । देवचुली-१३ मा जारी दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा सोमबार देवचुली-१० विजयी भएको छ । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।

सोमबार भएको खेलमा देवचुली-१० ले देवचुली-१२ लाई हराउँदै विजयी भएको हो । देवचुली-१० ले देवचुली-१२ लाई २-० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलमा देवचुली-१० का समर राना म्यान अफ दि म्याच भएका थिए ।
देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत मंगलबार देवचुली-११ का विरुद्ध देवचुली- १७ र देवचुली-१ का विरुद्ध देवचुली-१३ बीच खेल हुने खेल संयोजक मदन भुसालले जानकारी दिए ।