आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : लोकसेवा मावि सेमिफाइनल प्रवेश

    प्रकाशित २०८३ जेष्ठ १८, सोमबार (२ हफ्ता अघि)


देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा सोमबार लोकसेवा मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


लोकसेवा माविले ओएसिस इङ्लिस स्कुललाई ४-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा लोकसेवा माविका तर्फबाट मेघराज कानुले २ गोल, अमृत कुमाल र धनबहादुर बिकले १/१ गोल गरेका थिए भने ओएसिसका तर्फबाट रिजन तिवारीले १ गोल गरेका थिए । सोमबारको खेलमा लोकसेवा माविका मेघराज कानु मगर म्यान अफ दि म्याच भएका थिए ।

नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


प्रतियोगिता अन्तरगत मंगलबार भानुदय माविका विरुद्ध जन ज्योति मावि बीच खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।

Write your Comment