आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

दोस्रो वडास्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता : देवचुली-७ र देवचुली-१६ क्वाटर फाइनल प्रवेश

    प्रकाशित २०८३ जेष्ठ १८, सोमबार (२ हफ्ता अघि)


देवचुली । देवचुली-१३ मा जारी दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आइतबार देवचुली-७ र देवचुली-१६ विजयी भएका छन् । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


आइतबार भएको पहिलो खेलमा देवचुली-७ विजयी भएको छ । देवचुली-७ ले देवचुली-५ लाई २-० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा देवचुली-७ का अनुप परियार म्यान अफ दि म्याच भएका थिए । आइतबार नै भएको दोस्रो खेलमा देवचुली-१६ विजयी भएको छ । देवचुली-१६ ले देवचुली-२ लाई ४-१ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा देवचुली-१६ का दिवस श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए ।

देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।


त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत सोमबार देवचुली-१० का विरुद्ध देवचुली- १२ बीच खेल हुने खेल संयोजक मदन भुसालले जानकारी दिए ।

Write your Comment