आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

दोस्रो वडास्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता : देवचुली-४ क्वाटर फाइनल प्रवेश

    प्रकाशित २०८३ जेष्ठ १७, आईतबार (२ हफ्ता अघि)


देवचुली । देवचुली-१३ मा जारी दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा शनिबार देवचुली-४ विजयी भएको छ । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


देवचुली-४ ले देवचुली-१४ लाई २-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । शनिबारको खेलमा देवचुली-४ का मोहन बराम म्यान अफ दि म्याच भएका थिए ।

देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत आइतबार देवचुली-५ का विरुद्ध देवचुली- ७ बीच खेल हुने जनाइएको छ ।

Write your Comment