

देवचुली । देवचुली-१३ मा शुक्रबारबाट दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा खेलकुद विकास समितिको समन्वयमा दलदले खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगिताको देवचुली युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईले समुदघाटन गर्नुभएको हो ।

शुक्रबार भएको प्रतियोगिताको समुदघाटन खेलमा देवचुली-१ विजयी भएको छ । देवचुली-१ ले देवचुली-१३ रातोलाई ८-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
देवचुलीका १३ वडाका १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत शनिबार देवचुली-४ का विरुद्ध देवचुली- १४ बीच खेल हुने जनाइएको छ ।
