आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : जन ज्योति मावि क्वाटर फाइनल प्रवेश

    प्रकाशित २०८३ जेष्ठ १६, शनिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा शुक्रबार जन ज्योति मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो ।


जन ज्योति माविले शिव माविलाई १-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा जन ज्योति माविका तर्फबाट अभिषेक घर्तीले गोल गरेका थिए। निर्णायक गोल गरेका जन ज्योति माविका अभिषेक घर्ती म्यान अफ दि म्याच भएका थिए ।

नवलपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


प्रतियोगिता अन्तरगत शनिबार अमर इङलिस बोर्डिङ स्कुलका विरुद्ध भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयबीच खेल हुने फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाले जानकारी दिए ।

Write your Comment