आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

देवचुली-७ मा मादक पदार्थ सेवन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०८३ जेष्ठ ३, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका–७, रामबासमा मादक पदार्थ सेवन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपालको आयोजना तथा देवचुली-७ र अभिषेक मुडाबास चर्चको समन्वयमा आइतबार सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा देवचुली नगरपालिका–७ का वडा अध्यक्ष भुमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपालका कार्यक्रम अधिकृत शंकरबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि अस्थायी ट्राफिक प्रहरी पोष्ट रजहरका प्रहरी सहायक निरीक्षक दिपेन्द्र क्षेत्री, अभिषेक चर्चका पास्टर नवराज पाण्डे, अभिषेक मुडाबास चर्चकी संगिता पाण्डे, वडा सदस्य खिलकुमारी तामाङ लगायत युवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युवापुस्ता तथा स्थानीय समुदायलाई मादक पदार्थ तथा लागू पदार्थ दुर्व्यवसनबाट हुने असर, सडक सुरक्षाका उपाय तथा ट्राफिक नियम पालनाको महत्वबारे अस्थायी ट्राफिक प्रहरी पोष्ट रजहरका प्रहरी सहायक निरीक्षक दिपेन्द्र क्षेत्री र अमर ओलीले जानकारीसहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका लागि सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा ट्राफिक नियम उल्लंघन गर्दा हुने जोखिम, हेल्मेट तथा सिट बेल्ट प्रयोगको आवश्यकता, मादक पदार्थ सेवनपछि सवारी चलाउँदा हुन सक्ने दुर्घटना लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

पछिल्लो समय युवाहरूमा बढ्दो लागू पदार्थ प्रयोगले समाजमा नकारात्मक असर पारेको भन्दै सचेतनामूलक कार्यक्रमलाई गाउँस्तरसम्म विस्तार गर्नुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष भुमीसरा थापाले बताउनुभयो । सडक सुरक्षा सम्बन्धी व्यवहारिक जानकारी सहित सञ्चालन गरिएको सचेतनामुलक कार्यक्रमले सहभागीहरूलाई सकारात्मक सन्देश दिएको आयोजक अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपालका कार्यक्रम अधिकृत शंकरबहादुर तामाङको भनाई छ ।

सचेतनामुलक कार्यक्रममा सहभागी युवाहरुले सदैव ट्राफिक नियम पालना गर्ने र अरुलाई पनि सचेत गराउने प्रतिबद्धता गरेका थिए । सचेतनामुलक कार्यक्रमको संचालन वडा सदस्य रुपा काफ्लेले गर्नुभएको थियो ।

 

Write your Comment