आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

तेस्रो देवचुली उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि देवचुली ७ लाई

    प्रकाशित २०८३ जेष्ठ १, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ६ मा संचालन भएको तेस्रो उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि देवचुली ७ ले जितेको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद विकास समिति देवचुली ६ र सगरमाथा युवा क्लबको सह-आयोजनामा देवचुली-६ कुमसोतमा रहेको मैदानमा बैशाख २९ गतेदेखि सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । प्रतियोगिताको पुरुष तर्फ भएको फाइनल खेलमा देवचुली-१६ लाई हराउँदै देवचुली-७ ले उपाधी जितेको हो भने महिलातर्फ कालिका माविलाई हराउँदै वरचुली माविले उपाधी जितेको हो ।

प्रतियोगितामा पुरुषतर्फ बिजेता भएको देवचुली-७ ले नगद ४० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता भएको देवचुली-१६ ले नगद २५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यसै गरि महिलातर्फ प्रथम भएको वरचुली माविले नगद १३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता कालिका माविले नगद ७ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको हो । प्रतियोगितामा पुरुष तर्फ १२ टिमको सहभागिता रहेको देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो ।


देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षता भएको प्रतियोगिता समापन समारोहमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-६ का वडा अध्यक्ष मिनबहादुर सोती मगर, विभिन्न संघसंस्थाका प्रतिनिधि, देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरु, वडा युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरु लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment