

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा वडा स्तरीय बाल सञ्जाल गठन तथा लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि अभिमुखीकरण गरिएको छ । आइतबार भएको बालबालिकाको भेलाबाट दिप्सन भट्टराईको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।

जसको उपाध्यक्षमा रोजिना रावल, सचिवमा जेनिशा अर्याल, सह सचिवमा रिया तामाङ, कोषाध्यक्षमा देवराज लम्साल, सदस्यहरुमा आर्जन गैरे, रिस्ता काफ्ले, दीक्षा दवाडी, अमृत पराजुली, लजिता मोग्मी, कृति पाण्डे र इमरन गोदामी रहेका छन् । बाँकी ३ जनालाई पछि मनोनयन गरिने जनाइएको छ । त्यसै गरि प्रितम कार्की, सृष्टि गुरुङ, अतीत भट्टराई, ओमप्रकाश भट्टराई र प्रसन्न भट्टराईलाई नगरस्तरीय बाल संजालका लागि प्रतिनिधि चयन समेत गरिएको हो ।
देवचुली नगर बाल सञ्जालका उपाध्यक्ष प्रितम कार्कीको अध्यक्षतामा भएको वडा बाल सञ्जाल कार्यक्रममा देवचुली ९ का बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका कार्यपालिका सदस्य मधुमाया गुरुङ लगायत वडाका बालबालिकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले नवनिर्वाचित वडास्तरीय बाल सञ्जालका पदाधिकारीलाई बधाई दिदै वडा कार्यालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यसै गरि नव निर्वाचित वडा बाल सञ्जालका अध्यक्ष दिप्सन भट्टराईले आगामी दिनमा बाल बालिकाको हक अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
आइतबार नै बालबालिकाहरुलाई लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि अभिमुखीकरण गरिएको हो । बालबालिकालाई लागुपदार्थ दुर्व्यसनबाट जोगाउनका लागि सचेतना प्रवाह गर्न कार्यक्रम गरिएको वडा अध्यक्ष बलिराम सापकोटाले जानकारी दिनुभयो । लागु पदार्थ दुर्व्यसन रोकथाम तथा निरुत्साहित पार्न सरकारले मात्रै गर्न नसक्ने हुँदा हामी सबैको आ आफ्नो ठाउँ बाट लाग्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूलाई पत्रकार राजु चापागाईले लागु पदार्थ दुर्व्यसन न्यूनीकरणको बारेमा सहजीकरण गर्नुभएको थियो। लागु पदार्थका विभिन्न प्रकार, सेवन कर्तामा देखिने शारीरिक र मानसिक असरहरू, लागु औषध दुर्व्यसनमा फस्ने कारण, दुर्व्यसनहरुमा देखिने लक्षणहरू, लागु औषध तथा मादक पदार्थको दुर्व्यसनबाट बच्ने उपायहरू र लागु औषध सम्बन्धी दण्ड सजायको बारेमा उहाँले जानकारी दिनुभएको थियो। सहभागीहरूले विभिन्न जिज्ञासा, प्रश्नहरू राखेका थिए ।