

देवचुली । देवचुली -१५ मा संचालन भएको तेस्रो पुष्प स्मृति क्यारमबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । नव प्रगति युवा क्लबको आयोजनामा शुक्रबारबाट प्रगतिनगरमा संचालन भएको प्रतियोगितामा देवचुली-१५ का सरोज पौडेलले उपाधी जित्न सफल भएका हुन् ।

प्रतियोगितामा देवचुली-१५ कै चुडामणी लम्साल दोस्रो हुन सफल भएका छन् । देवचुली र कावासोती नगरपालिकाका अधिकांश खेलाडी रहेको प्रतियोगितामा ६० जनाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता पौडेलले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने लम्सालले नगद ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।
क्लबका अध्यक्ष श्रीकृष्ण बिश्वकर्माको अध्यक्षतामा भएको प्रतियोगितामा क्लबका संस्थापक अध्यक्ष भुपति रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि समापन समारोहमा माया सुवेदी, चन्द्रबहादुर रानाभाट, राजेश श्रेष्ठ, हिक्मदिन मिया, मिनचन्द्र अधिकारी, रोशन राउत, किरण तिमिल्सिना, नारायण तिमिल्सिना, गोविन्द सुनार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्लबका सदस्य दुर्गा टण्डनको स्वागत मन्तव्य रहेको थियो भने कोषाध्यक्ष चोभाकला टण्डनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
