

देवचुली । देवचुली नगरपालिकामा तेस्रो वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र वडा युवा तथा खेलकुद विकास समिति देवचुली ४ को सह आयोजनामा अमर टोल कबर्ड हल देवचुली ४ मा शुक्रबारबाट प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगिताको देवचुली-३ का वडा अध्यक्ष होमनाथ पौडेलले समुदघाटन गर्नुभएको हो ।

प्रतियोगितामा पुरुषतर्फ सिनियर(ए), जुनियर (बी), जुनियर(सी), भेट्रान्स र महिला विधाको खेल संचालन गरिने आयोजकले जनाएको छ । दुई दिनसम्म संचालन हुने प्रतियोगिताको प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षतामा भएको प्रतियोगिता समुदघाटनमा देवचुली- ३ का वडा अध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली- १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, कार्यपालिका सदस्य विद्याबहादुर बिक लगायत वडा सदस्यहरु, नगर तथा वडा खेलकुद विकास समितिका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । उदघाटन सत्रको सहजीकरण समितिका सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो ।
