आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

आगलागीबाट पुर्ण क्षति भएका १२ घर परिवारलाई असल छिमेकी नेपालद्वारा राहत सामग्री वितरण

    प्रकाशित २०८३ बैशाख २०, आईतबार (१ महिना अघि)


नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का आगलागीबाट पुर्ण क्षति भएका १२ घर परिवारलाई असल छिमेकी नेपालद्वारा राहत सामग्री वितरण गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रमेश कानु बानियाँको अध्यक्षतामा भएको राहत सामग्री वितरण कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण कलवारको प्रमुख आतिथ्यता रहेको थियो ।


असल छिमेकी नेपाल पोखराद्वारा आगलागी प्रभावित सहयोग परियोजना अन्तरगत गाउँपालिकासँगको समन्वयमा राहत वितरण गरिएको हो । राहत सामग्री अन्तरगत प्रति परिवार २५ किलो चामल, ३ लिटर तेल, दाल ३ किलो, नुन १ किलो, चिउरा १ किलो, मस्यौरा १/२ किलो, सरसफाइ सामाग्री सेट, ब्लाङ्केट लगायत दैनिक प्रयोगका लागि आवश्यक सामाग्री वितरण गरिएको परियोजनाका संयोजक पुरन सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति परिवार २२ हजार बराबरको सामाग्री प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री कलवारले विपद्को समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूबीचको सहकार्यले पीडितलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगलागीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।


राहत वितरण कार्यक्रम जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उपस्थितिमा रहेको थियो। कार्यक्रममा स्थानीयले विपद्को समयमा मानवीय सहयोग अत्यन्त आवश्यक हुने भन्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका थिए।

Write your Comment