आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

असल छिमेकी नेपालद्वारा नवलपुरका ३ वटा पालिकाका १०१ जनालाई सिपमुलक तालिम प्रदान गर्दै

    प्रकाशित २०८३ बैशाख १५, मंगलबार (१ महिना अघि)


नवलपुर । असल छिमेकी नेपाल पोखराद्वारा नवलपुरका ३ वटा पालिकाका १०१ जना युवाहरुलाई सिपमुलक तालिम प्रदान गर्ने भएको छ । असल छिमेकी नेपाल पोखराको आयोजनामा हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकाको समन्वयमा युवाहरुका लागि रोजगारी तथा उत्पादकत्व अभिवृद्धि परियोजना दोस्रो चरणको कार्यक्रम अन्तरगत ब्युटिपार्लर, प्लम्बिङ र डकर्मी तालिम प्रदान गर्न लागिएको हो ।


संस्थाले तीनवटै पालिकाबाट २० जनालाई ब्युटिपार्लर, २५ जनालाई प्लम्बिङ र ५६ जनालाई डकर्मी तालिम प्रदान गरिने भएको गो । असल छिमेकी नेपालद्वारा परियोजना अन्तरगत किङ मल्टिपर्पोज प्रालि भरतपुरको सहजीकरणमा कावासोती स्थित ओसिया ब्युटिपार्लरमा २० जनालाई तालिम प्रदान गरिएको र सिटिइभिटीको तह-१ को परीक्षामा समेत सम्पन्न भएको परियोजनाका सह सुपरभाइजर नवराज मजाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार २५ जना युवालाई सिटिइभिटी तह १ को प्लम्बिङ तालिम पोखरा भ्याली टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट पोखराको सहजीकरण संचालन भइरहेको साथै बैशाख १५ र १६ मा सीप परीक्षण हुनेछ ।


१५ दिनको आधारभूत डकर्मी तालिम अन्तरगत शिव ईन्स्टिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रालिको सहजीकरणमा बौदीकालीका २० जनालाई तालिम प्रदान गरिएको र हाल हुप्सेकोटका २४ जनालाई प्रदान दिदै गरिएको छ भने बुलिङटारका १२ जनालाई तालिम प्रदान गर्न बाँकी रहेको संस्थाले जनाएको छ ।

परियोजना अन्तरगत सहभागीलाई तालिमपश्चात करिब १५% लाई संस्थाले नै आम्दानीसँग जोडनका लागि सहजीकरण गर्ने, ७०% लाई आम्दानीसँग जोडन पहल गर्ने र सहभागी सम्पुर्णलाई आधारभूत सामाग्री सेट वितरण गरिने जनाइएको छ । सिपमुलक तालिम पश्चात् समुदायमा व्यवसाय गरिरहेका सहभागी २५ जना र तालिममा सहभागी २५ जना गरि ५० जनालाई पहिलो चरणको आधारभूत व्यवसायिक तालिम दिइने र दोस्रो चरणका लागि इन्छुक २५ जनालाई एडभान्स व्यवसायिक तालिम ३ चरणमा ३/३ दिनको दिइने मोजाकोटीले बताउनुभयो ।


तालिम पश्चात् ६ महिनासम्म फलोअप सँगै सहभागीलाई आम्दानीसँग जोडन प्रोत्साहन गरिनेछ । दर्ता प्रक्रिया पुरा गर्नेलाई बीउ पुँजी अन्तरगत ५० हजार प्रदान गरिने जनाइएको छ ।

Write your Comment