आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

देवचुलीमा अन्डर-१४ खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

    प्रकाशित २०८३ बैशाख १२, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा अन्डर-१४ खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । २५७० औं बुद्ध जयन्तीको अवसरमा पृथ्वी समाज सेवा कलबको आयोजनामा सुर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

शुक्रबार भएको नव बुद्ध स्पोर्ट्स क्लब, गैंडाकोटका विरुद्ध आयोजक `बी´ बिचको उदघाटन खेलमा नव बुद्ध स्पोर्ट्स विजयी भएको छ । नव बुद्धले आयोजक `बी´ लाई ६-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

नवलपुर जिल्लाका विभिन्न टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको क्लबको अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो ।

Write your Comment