आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

सिटिजन्स बैंकद्वारा देवचुलीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    प्रकाशित २०८३ बैशाख ८, मंगलबार (१ महिना अघि)


देवचुली । सिटिजन्स बैंक धारापानी शाखाद्वारा देवचुली-११ धारापानीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बैंकको १९ औं वार्षिक उत्सवको अवसरमा सोमबार धारापानी चोकमा निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।


समुदायमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्‍याउन विशेषज्ञ डाक्टर सहितको उपस्थितिमा स्वास्थ्य शिविर आयोजना गरिएको सिटिजन्स बैंक धारापानी शाखाका प्रबन्धक विश्वास ढुंगेलले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा पारी बैंकको सामाजिक उतरदायित्व अन्तर्गत गरिएको निशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गरिएको ढुंगेलले बताउनुभयो ।


स्वास्थ्य शिविरमा सहभागीलाई डा. पप्पु यादवले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव दिनुभएको थियो । उक्त स्वास्थ्य शिविरमा १७५ जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।

Write your Comment